नावालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाल्पाबाट एक युवक पक्राउ परेका छन्। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी छहरा गाउँपालिका-६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी टोली खटिएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















