कैलालीमा ७० वर्षका एक पुरुषको शव फेला परेको छ। राजापुर नगरपालिका-६ जमुना भुजी बस्ने ७० वर्षीय गोपाल थारू मृत भेटिएका हुन्।
घर नजिकै नालामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।उनको मृत्युको कारण नखुलेको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
















