अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो देशको नियन्त्रण रहेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकाको अनुमतिबिना उक्त जलमार्गमा कुनै पनि जहाज छिर्न नपाउने दाबी गरेका हुन्।
लेखेका छन्, ‘होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण छ। अमेरिकी नौसेनाको स्वीकृतिबिना कुनै पनि जहाज त्यहाँ जान सक्दैनन्।’ इरान सम्झौतामा नआउन्जेल उक्त क्षेत्र पूर्ण रूपमा बन्द रहने दाबी पनि उनले गरेका छन्।
यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो नेता को हो भन्ने कुरामा इरान आफैँ अन्योलमा रहेको टिप्पणी पनि गरेका छन्। उनले लेखेका छन्, ‘देश (इरान) भित्र कट्टरपन्थी र उदारवादीबिच भयंकर झगडा भइरहेको छ।’
यसैबिच जापानमा रहेको इरानी दूतावासले एक्समा पोस्ट गर्दै ट्रम्पको दाबीलाई ‘पागलपन’ भनेको छ।















