मधेश प्रदेश सभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने   

Image

मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ। मधेश प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको जनाएको हो।

मन्त्रिपरिषद्को यही वैशाख ९ गते बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।