पोखराबाट काठमाडौँका लागि छुटेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार ग २ ख १८३६ नम्बरको गाडी दुर्घटना भएको हो । अहिले स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।















