सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले दिएका हुन्। उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी मृत्यु भएका थिए।
यसअघि सरकारले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू मात्र सार्वजनिक गर्ने गरेकोमा यसपटक भने हालसम्मका निर्णयहरू एकैपटक सार्वजनिक गरिएको जनाइएको छ।















