बुवाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक युवकलाई पक्राउ गरेको छ।
आफ्नै बुबा ५८ वर्षीय जङ्गबहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारू पक्राउ परेका हुन्।
सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको हो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
हत्याको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













