राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूबीच आज सिंहदरबार मा छलफल हुने भएको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे अनौपचारिक बैठक राखिएको जानकारी पार्टीका प्रवक्ता मनिष झा ले दिएका छन्।
उनका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछाने समेत सहभागी हुनेछन्। काठमाडौंमा उपलब्ध सबै सांसदलाई छलफलमा उपस्थित हुन भनिएको छ।
छलफलको एजेन्डाबारे भने अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।















