भन्सार विभागले लागु गर्‍यो एनएनएसडब्लू प्रणाली

Image

भन्सार प्रक्रियालाई थप प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले एनएनएसडब्लू (नेपाल राष्ट्रिय एकल द्वार) प्रणाली लागु भएको छ ।

भन्सार विभागले यो प्रणालीमार्फत ‘टीआईभी घोषणा’ पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो । विभागको सूचना प्रविधि प्रणाली स्तरोन्नति तथा विकास शाखाले एक सूचना जारी गर्दै यस नयाँ व्यवस्थाबारे जानकारी दिएको छ ।

विभागको २०८३ वैशाख १७ गतेको निर्णयअनुसार यो प्रणालीमा विकास गरिएको ‘टीआईभी घोषणा’ पोर्टललाई कार्यान्वयनमा ल्याइएको हो । यस नयाँ व्यवस्थासँगै अब सेवाग्राहीहरूले ‘टीआईभी घोषणा’ अनलाइन पोर्टलमार्फत नै गर्न सक्नेछन् ।

यस पोर्टलमार्फत ‘टीआईभी घोषणा’ सेवाग्राहीले म्यानुअल र ई-पेमेन्ट दुवै प्रक्रियाबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । विभागले सबै भन्सार कार्यालयहरू र मातहतका निकायहरूलाई टीआईभीसम्बन्धी सम्पूर्ण कार्यहरू अबदेखि अनिवार्य रूपमा एनएनएसडब्लू पोर्टल मार्फत नै नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।