तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले तान्दै ४० अर्ब रुपैयाँ

Image

नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा रहेको तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ९६ दिनको अवधिका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।

यस निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरूले आज (वैशाख २५ गते) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ । उक्त निक्षेपको निष्कासन पनि सोही दिन हुनेछ । 

यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । बैंकहरूले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ साउन २७ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।