कोठामा खेलिरहेका बालकलाई गाेबन सर्पले डसेपछि अवस्था गम्भीर

Image

झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीय बालक गम्भीर बिरामी परेका छन्। कमल गाउँपालिका–५ गुजेश्वरी टोल निवासी कर्णबहादुर राईका सात वर्षीय छोरा सायंक राईलाई सर्पले डसेको हो।

शनिबार बिहान ११ बजेतिर आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा उनलाई गोमन सर्पले दाहिने खुट्टामा डसेको अभिभावकले बताएका छन्।

बालकलाई अभिभावकले तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए। त्यहाँ सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएको छ।

हाल बालकको बीएन्डसी अस्पतालमै उपचार जारी छ। बालकको अवस्था गम्भीर बनेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेका चिकित्सकले बताएका छन्।