सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दुधौली नगरपालिका-४ पाखाभित्ता निवासी ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
मकैबारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने अवस्थामा ढलिरहेको फेला परेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय डकाहा बाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि सिर्थौलीस्थित नगर अस्पताल पठाएको थियो ।
उपचारकै क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
















