नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी महँगियो

Image

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यही परिमाणको सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यता, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।