१६ पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

Image

काठमाडौं उपत्यका मा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभाग लाई पत्राचार गरेको हो ।

ट्राफिक प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार पटक–पटक कारबाहीमा पर्दा पनि अटेर गर्दै १६ पटकसम्म गल्ती दोहोर्‍याउने चालकविरुद्ध कडा कदम चालिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार पटक–पटक जरिवाना तिराउँदा पनि नियम पालना गर्ने प्रवृत्ति नदेखिएपछि लाइसेन्स निलम्बनको प्रक्रिया अपनाइएको हो । निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्