काठमाडौं महानगरपालिका को वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्र बनाएको छ ।
काठमाडौं उपत्यका मा गुड्ने सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण गर्न महानगरले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सँगको समन्वयमा विभिन्न स्थानमा नियमित प्रदूषण जाँच अभियान सञ्चालन गरिरहेको हो ।
महानगरका अनुसार सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको वातावरणीय मापदण्ड पालना गरे/नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरिएको हो ।
जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई तत्काल कानुनअनुसार कारबाही गरिएको महानगरले जनाएको छ ।
मापदण्ड विपरीत सञ्चालन हुने सवारीसाधनले वायु प्रदूषण बढाउने भएकाले जरिवानासहित कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइएको महानगरको भनाइ छ ।
















