सुनको भाउ फेरि घट्यो, चाँदीको मूल्य बढ्यो

Image

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको थियो ।

यता, चाँदीको मूल्य भने सोमबार बढेको छ । आइतबार प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसअनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो ।