स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको प्रकरणको मुद्दामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पाण्डेलाई पक्राउ गरेको एआइजी मनोज केसीले जानकारी दिए। गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । यही प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए ।
















