इरानलाई आणविक हतियार बनाउन नदिने अमेरिका र चीनबीच सहमति

Image

इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्त्वपूर्ण सहमति भएको हो ।

रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुवै शक्ति राष्ट्र इरानको आणविक महत्त्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एकमत देखिएका हुन् ।