नेपाल प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–१ गुराँसेका ३० वर्षीय लक्ष्मण बिक रहेका छन् । उनले विभिन्न चरणका प्रहरी परीक्षामा उत्तीर्ण गराइदिने तथा जागिर लगाइदिने आश्वासन दिँदै सर्वसाधारणबाट रकम उठाएर ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका विकमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइएको जनाएको छ ।















