रोल्पामा सकेट बम भेटियो

Image

रोल्पामा सकेट बम भेटिएको छ । परिवार्तन गाँउपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली पुगेको थियो ।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त संकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । उक्त बम माओवादी युद्धका समयमा राखिएको हुनसक्ने सुरक्षा निकायको आकलन छ ।