चक्कु प्रहार गरी फरार एक व्यक्ति पक्राउ

Image

चक्कु प्रहार गरी फरार रहेका एक व्यक्तिलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। गोरखा बारपाक सुलिकोट गाउँपालिका-८ घर भई हाल काठमाडौँ तारकेश्वर–८, शेषमति बस्ने १८ वर्षीय उज्वल मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई ललितपुरको लगनखेलबाट पक्राउ गरी ज्यान मार्ने उद्योग कसूरमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गत वैशाख ४ गते साढे ७ बजे शेषमतिनजिक काठमाडौँ तारकेश्वर-४, पुरानो गुहेश्वरी बस्ने १९ वर्षीय नवराज गिरीलाई ४-५ जनाको समूहले चक्कु प्रहार गरेको थियो। चक्कु प्रहारबाट गिरी घाइते भएका छन्।