बजेटबारे सञ्चारकर्मीसँग छलफल गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

Image

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा बजेटका प्राथमिकता, कार्यान्वयनको रणनीति तथा विभिन्न क्षेत्रबाट उठेका जिज्ञासाबारे अर्थमन्त्री वाग्लेले धारणा राख्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेले गत शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए।

सरकारले प्रस्तुत गरेको बजेटमाथि संसद, निजी क्षेत्र, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायबाट छलफल र प्रतिक्रिया आउने क्रम जारी रहेका बेला अर्थमन्त्रीले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। अन्तरक्रिया कार्यक्रममा बजेटका प्रमुख कार्यक्रम, राजस्व व्यवस्थापन, पूँजीगत खर्च तथा आर्थिक सुधारका योजनाबारे समेत छलफल हुने बताइएको छ।