खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको मृत्यु

Image

रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ ।बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो ।

साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप टोली पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए ।