श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही भएको छ । मोबाइलले भिडियो खिच्दै बाइक चलाएको देखिएपछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो ।
‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ,’ नेपाल प्रहरीले भनेको छ ।
राईले सामाजिक सञ्जालमा भिडियो राखेपछि उनलाई कारबाही गर्नुपर्ने भन्दै माग भएको थियो । एक हातले सवारी चलाउँदा उनी दुर्घटनामा समेत परेका थिए ।
















