विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, आयात धान्ने क्षमता बलियो

Image

नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्चस्तरमा पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब चार करोड ५५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा गणना गर्दा सञ्चिति २४ अर्ब १९ करोड डलरबराबर रहेको छ । यो सञ्चितिले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने राष्ट्र बैंकको भनाइ  छ ।

गत वर्षको तुलनामा विदेशी मुद्रा सञ्चिति ३८.३ प्रतिशतले बढेको हो । रेमिट्यान्स, पर्यटन तथा बाह्य क्षेत्रका अन्य सूचकहरूमा सुधार आउँदा सञ्चिति वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।