नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १० हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो। एकै दिनमा सुनको मूल्यमा भएको यो गिरावटलाई बजारमा असामान्य उतारचढावका रूपमा हेरिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य समायोजन, डलरको दरमा उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा असर पारेको व्यवसायीहरूले बताएका छन्।सुनचाँदीको मूल्यमा आएको तीव्र गिरावटपछि उपभोक्ता र लगानीकर्ताको ध्यान पुनः बजारतर्फ केन्द्रित भएको छ।














