रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन अनन्त जाने भएका छन्।नेकपाले चितवनमा आइतबार हुने रास्वपा महाधिवेशनको उद्‌घाटनसत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो।

रास्वपाले भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशन उद्‌घाटन समारोहमा सहभागी हुन नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो।

तर उनी पूर्ण रूपमा स्वस्थ भइनससकेका कारण रास्वपाको महाधिवेशनमा अतिथिका रूपमा पुनलाई पठाइने भएको हो। निमोनिया र ज्वरोका कारण १० दिन अस्पताल बसेर प्रचण्ड जेठ १८ मा डिस्चार्ज भएका थिए।

त्यसयता पहिलोपटक पार्टी उनी नेकपा मुख्यालय (कोटेश्वर, पेरिसडाँडा) मा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए।