कोशी प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक पुनः स्थगित गरिएको छ। प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक असार ११ र असार १६ गते पनि तोकिएको समयमा बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधबमोजिम बैठक सारिएको हो।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।यसअघि पनि पटक–पटक बैठक स्थगित हुँदै आएको छ। लगातार बैठक प्रभावित भएपछि प्रदेशसभाका विधेयक र अन्य कार्यसूची समेत प्रभावित भएका छन्।














