व्यवसायी दीपक भट्टलाई चलाइएको मुद्दामा नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा पनि अनुसन्धानमा तोनिएका छन्।
भट्टको हित नियन्त्रणमा रहेको हिमलायन एसेष्ट म्यानेजमेन्ट प्रालिबाट जयवीरको लगानी रहेका दुई वटा कम्पनीमा २ करोड ६० लाख रुपैयाँ पठाएको पाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ। जयवीरको लगानी रहेको स्कलर इन्टरनेशनल र डिजी हबमा भट्टको कम्पनीबाट भुक्तानी गरेको पाइएको हो।
यस विषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्दै विभागले जयवीरमाथी पनि अनुसन्धान गरिरहेको जनाएको हो।
विभागले यसअघिबाटै शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवामाथी पनि अनुसन्धान गरिरहेको छ।














