स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

Image

इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्यांकर समुद्री बारुदी सुरुङमा ठोकिएको छ।  समाचार एजेन्सी तस्निमका अनुसार उक्त जहाज इरानले स्वीकृत गरेको महत्त्वपूर्ण समुद्री मार्गबाट बाहिरिएपछि बारुदी सुरङसँग ठोकिएको हो। तर इरानी अधिकारीहरूले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेका छैनन्।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले विगत २४ घण्टामा हर्मुज जलमार्गबाट पार हुन खोज्ने ६ वटा जहाजमा चेतावनीका रूपमा आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनले जनाएअनुसार ती जहाजलाई यात्रा जारी राख्नबाट रोकिएको छ। तिनीहरू ‘निर्धारित मार्ग’बाट बाहिरिएर गइरहेका थिए। 

शनिबार पनि हर्मुज जलमार्गबाट पार हुन खोज्ने चारवटा जहाजलाई आईआरजीसीले अनुमतिबिना अघि बढेको भन्दै रोकेको थियो। हर्मुज जलमार्गका विषयमा अमेरिका र इरानबिच मतभेद नै यस क्षेत्रमा हालैको तनावको मुख्य कारण बनेको छ।

इरानी ब्रिगेडियर जनरल मोहम्मद रजा अकरमिनियाले भनेका छन्, ‘तेहरानले हर्मुज जलमार्गमाथि आफ्नो अधिकार जमाउन कदम चालेको छ। यो कदम अमेरिकाले जुन महिनामा भएको समझदारी पत्रको उल्लंघन गर्दै हर्मुज जलसन्धिमा नक्कली र गैरकानुनी मार्ग बनाउन खोजेपछि चालिएको हो।

तस्निम समाचार एजेन्सीले अकरमिनियालाई उद्धृत गर्दै लेखेको छ,, ‘यी कारबाहीमा इस्लामिक रिपब्लिक अफ इरानको सेनाले जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी आधारहरूलाई केन्द्रमा राखेको पाइन्छ।’

यस क्षेत्रमा अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण आधार शिविर रहेको मानिन्छ। हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजको रुट व्यवस्थापनका विषयमा अमेरिका र इरानबिचको विवाद भएका कारण हालै भएको समझदारी टुटेको हो।

अमेरिकाले लगातार १३ रातसम्म इरानमा हमला गरेको छ। जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको छ। यसैबिच अमेरिकी सञ्चारमाध्यमका अनुसार इन्टरसेप्टर मिसाइलको स्टक घट्दै गएको चिन्ता र कूटनीतिका लागि ठाउँ बनाउने उद्देश्यले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमला रोकिएको बताएका छन्।