बाघको संख्या बढेर ४२९ पुग्यो, चितवनमा मात्रै १४५

Image

नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार संख्या ४२९ पुगेको छ ।

आज बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको नतिजा अनुसार बाघको नतिजा बढेको हो । यसअघि बाघको संख्या ३५५ थियो ।

सार्वजनिक नतिजा अनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् ।