काठमाडौँमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटार डेरा गरी बस्ने गोरखा घर भएका ३६ वर्षीय अनिल थापाको केरन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको हो।
पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता, सिराहाको धनगढी नगरपालिका–१४ खुट्टी बस्ने ४३ वर्षीया खिन्न मायाको आफ्नै खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।















