बागमतीमा शैलेन्द्रमान बज्राचार्य बने भौतिक पूर्वाधार विकासमन्त्री

Image

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आयोजित समारोहमा मन्त्री बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी भएका बज्राचार्यलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।

शपथसँगै बज्राचार्यले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय को जिम्मेवारी सम्हालेका छन्।