आज ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज मंगलबार अपराह्न ३ बजे बस्ने जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यस्तै, बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तावित विषय तथा सरकारको आगामी कार्यदिशासँग सम्बन्धित विषयमा समेत छलफल हुन सक्ने बताइएको छ।