रोकियो नाइके, भाइनाइके र चौकीदार नियुक्ति

Image

 सरकारले चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति प्रक्रिया स्थगित गरेको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता खोज्न र जेलभित्र हुने आर्थिक लेनदेन तथा अपारदर्शी प्रणालीलाई व्यवस्थित गर्न यो कदम चालिएको गृहमन्त्री सुधन गुरुङले बताए ।

‘नाइके, भाइनाइके, चौकीदार नियुक्ति प्रक्रिया यस पटक हामीले रोकिदिएका छौं,’ उनले भने, ‘चौकीदार नियुक्ति अलिकति ट्रान्सपरेन्ट हिसाबले गर्नु पर्नेछ । किनभने, जेल जाँदा मान्छेले कमाएर फर्किने भयो । यो समस्या भयो ।’

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बसेको थियो । जहाँ विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन २०८३ उपर छलफल र सुझाव संकलन गरिँदै थियो ।