विदेशमा बसेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

Image

विदेशमा रहेका नेपालीले अबदेखि त्यही रहेको नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गर्नसक्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

“विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।