सुदूरपश्चिममा एक महिनाको अवधिमा लागुऔषधसहित १६० जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार साउन महिनामा १५६ पुरुष र ४ महिला गरी १६० जना पक्राउ परेका हुन्।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लागुऔषधसम्बन्धी १ सय १ मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले बताए।
उनका अनुसार यस अवधिमा ३१४ ग्राम ७९१ मिलिग्राम चरेश, १५९ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन र ६६३ ग्राम गाँजा बरामद गरिएको छ।














