सोमबार इरान जाँदै पाकिस्तानी सेना प्रमुख

Image

पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले सोमबार तेहरान भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ। इस्लामाबादले मध्यपूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका बेला यो भ्रमण हुन लागेको हो।

मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आइतबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार तेहरान आउने कार्यक्रम तय भएको छ। यो भ्रमण इरान-पाकिस्तान द्विपक्षीय सहयोग सुदृढ पार्ने प्रयासको अंश हो । यो मध्यपूर्वमा शान्ति र सुरक्षा मजबुत बनाउन पाकिस्तानले गरिरहेको निरन्तर प्रयासका साथै दुईपक्षीय मित्रतालाई थप सुमधुर बनाउने कूटनीतिक अवसर हो।’

पाकिस्तानले इरान र अमेरिकाबिचको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। गत जुन महिनामा उसले समझदारी पत्र (एमओयू) गराउन मध्यस्थता गरेको थियो।

तर अहिले शान्ति वार्ता अवरुद्ध भएजस्तो देखिएको छ। यस महिनाको सुरुमा पाकिस्तानले साउदी अरब र टर्कीसँग संयुक्त रक्षा सम्झौता गरेको थियो। केही विश्लेषक यसलाई इरानी प्रभावलाई सन्तुलनमा राख्ने उद्देश्यले गरिएको कदम भनेका छन्।