कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

Image

नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए ।

तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् । ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजपत गर्दै फाईनल पुगेका थिए ।

फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।