राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा एक करोड ३८ लाख सहयोग

Image


नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले भोटेकोसी बाढी प्रभावितका लागि एक करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन्। 

सोमबार पदाधिकारी र कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी उद्धार कोषमा रकम जम्मा गरिएको गभर्नरको कार्यालयले जनाएको छ। राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सबै कर्मचारीको तर्फबाट सहयोग प्रदान गरिएको हो। 

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ सहयोग गरिएको जनाइएको छ।