साताको पहिलो दिन नेप्से २५.५५ अंकले बढ्यो, परिसूचक २,५८५ विन्दुमा

Image

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २५.५५ अंकले बढेको छ। बजार ०.९९ प्रतिशतले उकालो लाग्दै २,५८५.०४ विन्दुमा पुगेको हो।

सोमबार बजार बढ्दा २२६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ४७ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

यस दिन बजारमा ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कुल १ करोड १५ लाख कित्ता सेयर ४९ हजारपटकको कारोबारमार्फत किनबेच भएको हो।

कारोबारमा इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त, मल्टीप्रपोज फाइनान्स र एनआईसी एसिया सेलेक्ट फन्ड लगायत कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन्।

समूहगत सूचकतर्फ म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेको छ। बजारमा अधिकांश समूहमा खरिद चाप देखिएसँगै समग्र नेप्से परिसूचक सकारात्मक बनेको हो।