सुनचाँदीको मूल्य घट्यो

Image

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय  र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ६०० रुपैयाँ कायम भएको छ । 

सोमबार छापावाल सुन प्रतितोला‍ तीन लाख एक हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपैयाँ कायम भएको थियो ।