नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वली घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वलीलाई घुस/रिसवत बापत नौ लाख रूपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिइएको जनाएको छ।
वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिई घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।
सो सम्त्रन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोग कार्यालय टङ्गालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
वलीविरुद्ध आज विशेष अदालतको आदेशबाट घुसररिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ।














