२० क्विन्टल गाँजासहित २ जना पक्राउ

Image

सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ ।

डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो ।

सो क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका  गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो । बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।