म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका ’: क्यान खोल्दा कार, बाइक र स्कुटर जित्ने मौका

Image

दशैंमा नयाँ लुगा, मिठा परिकार र परिवारसँगको जमघटसँगै अब पुरस्कारको रोमाञ्च पनि थपिने भएको छ। म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ | जसअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त म्याक्स टाइगरका क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ। अभियोजनाअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। त्यस्ता क्यान देशभर वितरण गरी अभियानलाई अधिकतम उपभोक्तामाझ पुर्‍याउने तयारी गरिएको कम्पनीले जनाएको छ। म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले आफ्नो मनपर्ने इनर्जी ड्रिंकसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। दशैंको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ। दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको विशेष समय हो। यही चाडपर्वको माहोललाई थप रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

यसपटक म्याक्स टाइगरले दशैंको उत्साहलाई पुरस्कारको सम्भावनासँग जोडेको छ। त्यसैले म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि!’ भन्ने उत्सुकता पनि थपिनेछ।