नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको साझेदारी, राष्ट्रिय टोलीका खेलाडी बने ‘टिम एक्सट्रीम’ सदस्य

Image

नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’ मा आबद्ध गरेको छ।

काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो।

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्य बनेका छन्।

साझेदारीपछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ। यस्तै, कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि ती खेलाडीहरूको सहभागिता रहनेछ।

नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई मध्यनजर गर्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

नेपाली क्रिकेटको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो सहकार्य महत्वपूर्ण हुने एक्सट्रीम इनर्जी ड्रिंकको भनाइ छ।

एनपीएलका ७ टोली समेटिएको एक्सट्रीमको विशेष संस्करणको क्यान सार्वजनिक

कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग ९एनपीएल० मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ।

एनपीएलका सहभागी टोलीहरूको पहिचान र क्रिकेटप्रतिको दर्शकको उत्साहलाई ब्रान्डसँग जोड्ने उद्देश्यले विशेष क्यान तयार गरिएको कम्पनीले जनाएको छ। विशेष संस्करणले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त रूपमा प्रस्तुत गर्ने एक्सट्रीमको विश्वास छ।

क्रिकेट खेलाडी र एनपीएलका टोलीसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपाली खेलकुद क्षेत्रमा आफ्नो उपस्थिति थप विस्तार गर्ने योजनासहित एक्सट्रीमले विभिन्न खेलकुद तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।