साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २ दशमलव ३१ अङ्कले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ।
त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ विन्दुमा पुगेको छ।
आज कुल ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर खरिद–बिक्री भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको सूचक बढेको छ भने पाँच उपसमूहको सूचक घटेको छ। आज १४० कम्पनीको शेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ। ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर र लक्ष्मी भ्यालू फन्डलगायतका लगानीकर्ताले कमाएका छन्। यस्तै, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर र मैबुलुङ इनर्जीलगायतका लगानीकर्ताले गुमाएका छन्।














