नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी, साढे १० बजेसम्म १ हजार २९३ मत खस्यो

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयभन्दा एक घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको थियो।

मतदानका लागि काठमाडौंको खुलामञ्च र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा छुट्टाछुट्टै व्यवस्था मिलाइएको छ। खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

त्यस्तै, बागमती प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृहमा मतदान गर्ने व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।