नेप्से ३१.५४ अंकले बढ्यो, साढे आठ अर्बमाथिको कारोबार

Image

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  छ दशमलव ४१ अंकले बढेर ४८८ दशमलव २१ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अंकले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अंकले बढेर १६५  दशमलव ३४ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर आठ अर्ब ५७ करोड ९८ हजार  ८२३ मूल्यमा खरिद बिक्री भएको छ ।  

तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने  ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।