यी ५ जिल्लामा शनिबार र आइतबार जाँदैछ ८ घण्टा बिजुली

Image

कोसी प्रदेशका ५ जिल्लामा शनिबार र आइतबार ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै शनिबार र आइतबार मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको हो। 

करौन १३२/३३ केभी सवस्टेशनको उपकरण परीक्षण तथा सवस्टेशन सञ्चालनका लागि दुहबी महाशाखा अन्तर्गत दुहबी-दमक १३२ केभी प्रशारण लाइनमा विद्युत् आपूर्ति बन्द गर्न लागिको सूचनामा उल्लेख छ। 

ती जिल्लामा शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुनसक्ने प्राधिकरणले जनाएको छ।